श्रीमानद्वारा गर्भवती श्रीमतिको हत्या

hattiya 1
लोकपाटी न्यूज
5 Shares

नवलपुर।पूर्वी नवलपरासीमा एक जना गर्भवती महिलाको हत्या भएको छ। नवलपुरको हुप्सेकोटका हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया गर्भवती श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन्।

आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको हो।

घटनाबारे स्थानीयले आइतबार बिहान करिब ७ बजेतिर प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी वेदबहादुर पौडेलको टोली घटनास्थलमा खटिएको थियो। डिएसपी पौडेलका अनुसार आरोपित श्रीमान शेरबहादुर मानसिक रूपमा अस्वस्थ देखिएका छन्।

गएराति श्रीमान-श्रीमतीसँगै खाना खाएर सुतेका थिए। १ बजेतिर भने एक्कासी श्रीमानले श्रीमतीमाथि खुर्पा र कोदालो प्रहार गरी हत्या गरेको देखिएको छ। शेरबहादुरको टाउकोमा समेत चोट लागेको देखिएको छ। श्रीमतीको हत्या गर्ने शेरबहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्