मित्र कुन्ज पोखरा च्याम्बरद्वारा दुई विद्यालयमा स्टेशनरी सामान वितरण

saichik-saman
लोकपाटी न्यूज
3 Shares

निर्मल पौडेल/ ७ माघ। मित्र कुन्ज पोखरा च्याम्बरले कास्कीका दुई विद्यालयमा स्टेशनरी सामान वितरण गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेका बांकोट आधारभुत विद्यालय र रामप्यारो आधारभुत विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी सामान वितरण गरेको हो।

विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी करिव ८६ जना विद्यार्थीहरुलाई न्यानो कपडा स्विटर र टोपी, विद्यालयको लागि स्टेशनरी, खेलकुद र प्राथमिक उपचार बक्स लगायतका सामाग्रीहरु वितरण गरिएको शिक्षक धुर्व केसीले जानकारी दिए।

स्टेशनरी सामान वितरण कार्यक्रममा प्रमुख अतिथि तथा मित्र कुञ्जका केन्द्रीय अध्यक्ष महेश पाण्डेले जाडो महिनामा न्यानो कपडासँगै विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले आवश्यक स्टेशनरी सामान वितरण गरिएको बताए।

यस्तै कार्यक्रममा मित्र कुञ्ज पोखरा च्याम्बरका अध्यक्ष तेजनाथ न्यौपाने,वडा सदस्य ज्ञान बहादुर कुवँर, प्रबिण गुरुङ, अन्नपूर्ण गाउँपालिकाका शिक्षा समिती सदस्य मीना गुरुङ लगायतले बोलेका थिए।

बाँकोट आधारभुत विद्यालय र राम प्यारो आधारभुत विद्यालयका विद्यार्थीका लागि आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु गर्दै जाने र उत्कृष्ट विद्यार्थीहरुलाई बिदेश अध्ययनका लागि समेत पहल गर्ने आयोजक कुञ्जले बताएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन प्रधानाध्यापक मीन प्रसाद न्यौपाने र कार्यक्रमको सन्चालन शिक्षक सुर्य कुवँरले गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्