न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङ निषेध, व्यवसायीले गरे सटर बन्द

ktm mahanagarpalika
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङमा रोक लगाएको छ। महानगरपालिकाका प्रहरी प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको जानकारी दिए।

महानगरले सडकको विकल्पमा काठमाडौँ भ्यु टावर (साविकको पुरानो बसपार्क)मा निःशुल्क पार्किङ गर्न पाउने व्यवस्था मिलाएको छ। महानगरले सवारी पार्किङ निषेध गरेको क्षेत्रमा सरसफाइ अभियान चलाउने जनाएको छ।

यसैबीच, पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन्। धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्