यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

mantri parisad
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १९ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन विवाद सम्बन्धी छानबिन गर्न सरकारले समिति गठन गरेको हो। प्रवक्ता शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा समिति गठन भएको हो। समिति सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव हुन्। समितिलाई १५ दिनको म्याद दिइएको छ।

त्यसैगरी सरकारले धितोपत्र बजार सञ्चालन गर्ने सङ्गठित संस्था सम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठनसमेत गरेको छ।

1

2