संघीय शिक्षा विधेयक छिट्टै पारित हुन्छ : मन्त्री राई

Ashok_Rai
लोकपाटी न्यूज
6 Shares

भक्तपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताएका छन्।

एसओएस हर्मन माइनर विद्यालय सनोठिमीमा बुधबार आयोजित ‘स्पोर्ट मिट, २०२४’ कार्यक्रममा मन्त्री राईले संघीय संसद्मा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० संसद्मा छलफलको क्रममा रहेको जानकारी दिए। उनले संसद्मा विचाराधीन नयाँ संघीय शिक्षा विधेयक पारित भएपछि यसबाट सामुदायिक विद्यालयको अवस्था उन्नत र माथिल्लोस्तरमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरे।

सरकारले शिक्षामा दीर्घकालीन परिणाम दिने गरी काम गरिरहेको मन्त्री राईको भनाइ थियो। शिक्षा क्षेत्रमा रहेका कमीकमजोरी सुधार्न आफू लागि परेको उनले उल्लेख गरे। कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, विद्यालयका राष्ट्रिय निर्देशक गंगाबहादुर गुरुङ्, प्राचार्य रञ्जना बजगार्इंलगायतले विद्यालयको शैक्षिक गुणस्तरमा धयान दिन आग्रह गरेका थिए।