रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

Swarnim_Wagle
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिइएको छ। सभापति रवि लामिछाने र अर्का उपसभापति डोलप्रसाद अर्यालसमेत भारत जाने भएपछि उपसभापति वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मवारी दिइएको रास्वपा महामन्त्री मुकुल ढकालले जानकारी दिए।

ढकालकाअनुसार लामिछानेसहितको टोली भारतमा रहेका प्रवासी नेपालीहरूसँग अन्तरक्रिया गर्न आज त्यसतर्फ जाँदैछ। सभापति लामिछानेसहितको टोली आइतबार नेपाल फर्किने ढकालले बताए।