बंगलादेशविरुद्ध नेपालको कमजोर सुरुवात

cricket
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। आईसीसी यू–१९ पुरुष विश्वकपको सुपर सिक्समा नेपालले बंगलादेशसँग पावरप्लेमा ३ विकेट गुमाएको छ। टस जितेर ब्याटिङ गरेको नेपालले सुरुवाती ९ ओभरमै प्रमुख ब्याटर अर्जुन कुमालसहित तीन खेलाडी गुमाएको हो। ओपनर मध्येका एक विपिन रावल ३.५ ओभरमा मात्र दुई रन बनाएर आउट भए ।

आकाश त्रिपाठीले ७.५ ओभरमा मात्र तीन रन खर्चेर विकेट गुमाएपछि संघर्ष जारी रह्यो। अर्का ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाल ८ दशमलव ३ ओभरमा १४ रन बनाएर क्याच आउट भए। हाल यू-१९ नेपाली पुरुष राष्ट्रिय टोलीका कप्तान देव खनाल र विशाल बिक्रम केसी इनिङ्सलाई स्थिरता दिन प्रयासरत छन्।