माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै छ लाख १८ हजार ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका- १३ का प्रकाश गुरुङलाई पक्राउ गरिएको छ।

गुरुङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख २० हजार तलबमा काम लगाइदिने भन्दै पटक पटक गरी उक्त रकम ठगी गरेकाले निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्