अरुण चौधरी र अजितमानसिंह थापालाई हिरासतमा राख्न अदालतको अनुमति

kathmandu_court
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले व्यवसायी चौधरीलाई आज काठमाडौंको लैनचौर र थापालाई काठमाडौंको बत्तिसपुतलीबाट पक्राउ गरेको थियो। बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्