युवा महोत्सवको तयारीमा एमाले काठमाडौं

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउने लक्ष्यका साथ नेकपा (एमाले) को काठमाडौं जिल्ला कमिटीले यही माघ २० गते काठमाडौंको टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्ने भएको छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न युवा शक्तिलाई समाज रुपान्तरणका दिशामा अभिप्रेरित गराउन यस प्रकारका महोत्सव काठमाडौंपछि देशव्यापीरुपमा आयोजना गर्ने सो कमिटीले जनाएको छ। उक्त महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा हरेक क्षेत्रमा युवापुस्ताको अनिवार्य सहभागितालाई अभियानकै रूपमा अगाडि बढाइने जानकारी दिइयो।

एमालेका पोलिटब्युरो सदस्य एवं काठमाडौं प्रमुख आनन्द पोखरेलले विश्वव्यापीकरणको वर्तमान स्थितिमा प्रविधिको प्रयोग र दुरुपयोगजस्ता विषयमा पनि युवालाई सजग गराइने बताए। एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले मुलुकको विद्यमान जटिल अवस्थालाई चिर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सृदृढीकरण गर्न तथा राष्ट्रियता एकता र स्वाधीनताको रक्षार्थ युवाका बीच पार्टीलाई निरन्तर परिचालन गरिने जनाए।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने महोत्वसमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्