यू–१९ विश्वकप क्रिकेट : नेपाल र भारत भिड्दै

u-19
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। आइसीसी अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा आज नेपाल र भारत भिड्दैछन्। खेल दक्षिण अफ्रिकाको ब्लुमफोन्टेन शहरमा दिउँसो पौने दुई बजे सुरु हुनेछ।

सुपर सिक्समा भारत लगातार दोस्रो जितको खोजीमा छ भने नेपाल पहिलो जितको खोजीमा रहेको छ। यसअघि पहिलो खेलमा नेपाललाई बंगलादेशले ५ विकेटले हराएको थियो।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने होडबाट बाहिरिइसकेको नेपाल आज प्रतिष्ठाको लागि खेल्दैछ। समुह चरणका खेलको अंकसमेत गणना हुने ढाँचामा खेलाइएको सुपर सिक्समा ३ खेलबाट भारत र पाकिस्तानको ६–६ अंक छ। बंगलादेशको ४ अंक छ भने न्युजिल्याण्डको २ अंक रहेको छ। नेपाल र आयरल्याण्डले अंक जोड्न सकेका छैनन्।