पर्वतमा फेब्रुुअरी महिना आयोडिन महिना अभियानलाई तीव्रता

aayodin
लोकपाटी न्यूज
1 Shares

निर्मल पौडेल/ पर्वत, १९ माघ । आयोडिनको कमीले हुने विकृतिहरु सम्वन्धि जनचेतना जगाउन फेब्रुुअरी महिनालाई आयोडिन महिनाको रुपमा प्रचार प्रसार गर्न लागिएको छ। राष्ट्रिय अभियानलाई सफल पार्न स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा विहीबार पर्वतमा क्रियाशिल पत्रकारहरुविच अन्तरक्रिया कार्यक्रम गरिएको हो।

“थोरै खाऔं,सहि मात्रमा खाऔं दूई बालबालिकाको चिन्ह अंकित आयोडिन यूक्त नुन नै खाऔं” भन्ने राष्ट्रिय अभियान सफल पार्न पर्वतमा पनि स्वास्थ्य कार्यालय पर्वतले प्रचार प्रसारलाई तीव्रता दिने भएको छ। अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल पर्वतका प्रमुख डा. हेमन्त बास्तोलाले आयोडिनको कमिले ठूलो स्वास्थ्य समस्या आउन सक्ने वताउदै नियमित रुपमा आवश्यकता अनुसार आयोडिन नुन नै प्रयोग गर्न सुझाव दिए।

आयोडिनको कमी भएमा नवजात शिशूमा गलगाडाँ ,हाइपरथाईरोइडिज्म वालवालिकाहरुमा गलगाडाँ ,हाइपरथाईरोइडिज्म र मानसिक क्षमतामा कमी तेसैगरि वयस्कहरुमा गम्भिर गलगाडाँ समेत हुन सक्छ। गर्भवती महिलाले आफु र गर्भमा रहेको वच्चा दुवैको लागि चाहिने पोषण पुर्याउन दैनिक रुपमा आयोडिन नुन नै खानुपर्छ। आयोडिनको कमी भएकमा शक्तिको कमी सुस्त मनिस्थीती , शारिरिक विकास नहुने ,पढाईमा समस्या हुने, गर्भ तुहुने र मरेको वच्चा जन्मने समेत हुन सक्छ।

आयोडिन एक सूक्ष्मोतत्व रहेको र यसले मानिसको शरिरमा महत्वपुर्ण अंग मुटु ,मृगौला कलेजो र मांसपेशिको विकासका लागि सहयोग पुग्ने भएको हुदा मानसिक फुर्ती र शारिरिक शक्तिका लागि आयोडिनयूक्त नुन नै खान स्वास्थ्यकर्मीको सुझाव रहेको छ। कार्यक्रममा वोल्दै फेब्रुुअरी महिना आयोडिन महिना सफल पार्न जिल्लामा रहेका संचार माध्यमहरुले सक्दो सहयोग पुर्याउने नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष शन्तोष थापाले वताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्