कांग्रेस संसदीय दलको बैठक सुरु

congress samsadiya dal
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। शुक्रबार बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो।

प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुनेछ।संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने उनले बताए।संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि सुरु हुँदैछ।