आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन एक लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।

आइतबार चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलाको १३९५ रुपैयाँ कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्