बुढाथोकीको निधनमा तीन दिन झण्डा आधा झुकाउने काँग्रेसको निर्णय

congress-pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली काँग्रेसले पार्टी कार्यालयमा आजदेखि तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ। पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा मंगलबार बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

बुढाथोकीको निधनमा आजदेखि माघ २५ गतेसम्म केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ।

बुढाथोकीको निधनमा पार्टीले समुदायमा काँग्रेस अभियान समेत स्थगित गरेको छ भने महामन्त्री गगन थापाले गरिरहेको संवाद यात्रा पनि रोकेका छन्।

काँग्रेसले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। साथै बुढाथोकीको निधन भएको १३ औं दिनमा झापामा शोक सभा आयोजना गर्ने पनि निर्णय गरेको जनाइएको छ। ८० वर्षीय बुढाथोकीको सोमबार राति विराटनगरस्थित नर्सिङ होममा निधन भएको थियो।