कर्णालीका खेलाडीहरुलाई कर्णाली झल्किने पोसाक

karnali-dress-khel
लोकपाटी न्यूज
4 Shares

सुर्खेत। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीहरुको लागि कर्णालीको पहिचान झल्किने आफ्नो छुट्टै पोसाक बनाएको छ। पोसाकमा कर्णालीका विभिन्न पर्यटकीय स्थल,कर्णालीमा पाइने दुर्लब बन्यजन्तु,हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटीको आकृति राखिएको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरे बमोजिम कर्णालीका खेलाडीहरुको लागि गेम पोसाक र मार्चपास पोसाक बनाएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्याल बताए।सदस्य सचिव संज्यालका अनुसार गेम पोसाक रातो र निलो गरी दुई रङ्गमा छ भने मार्च पास पोसक एउटा रङ्गमा रहेको छ।

गेम पोसाक र मार्चपास पोसाक महिला र पुरुष दुबै खेलाडीहरुले लगाउन मिल्ने छ। पोसाक कर्णालीमा उत्पादन भएको कपडाको टोपि, सुटमा कर्णाली झल्किने चिन्ह राखिएको छ। पार्च पास पोसाकमा नेपालको झण्डा, कर्णाली प्रदेश खेलकुद विकास परिषदको लोगो राखिएको छ भने गेम पोसाकमा कर्णाली नदि,कर्णालीमा पाईने यार्सा, हिमाल, पञ्चदेवल, रारा, काँक्रेविहार मन्दिर, कर्णालीको हिमाली भेगमा पाइने दुर्लब बन्यजन्तु याक राखिएको छ।

गेम पोसाकमा समेटिएको रातो रङ्ग,नेपालको झण्डा र निलो रङ्ग रारा, कर्णाली वोर्डरसँग मिल्ने भएकाले दुई रङ्ग छानिएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले भनाइ छ। सदस्य सचिव संज्यालका अनुसार मार्च पास पोसाक भने कर्णालीको उत्पादनसँग मिल्दो हुनु पर्ने छ। यो पोसाकलाई कर्णाली प्रदेश खेलकुद विकास परिषदले कानुनी रुपमा नै राष्ट्रिय खेलकुद परिषदमा दर्ता गर्ने छ। दर्ता पश्चात अन्य प्रदेशले कर्णालीको रङ्गमा कुनै पनि पोसाक बनाउन पाउने छैन यदि बनाएमा यसको कपि राइट लाग्ने छ।

‘खेलाडीले प्रयोग गर्ने पोसाक हिजोका दिनमा खेल सकिए पश्चात गैर खेलाडीहरुले जहाँ पनि प्रयोग गरेको पाइयो। त्यसले गर्दा खेलाडीले प्रयोग गर्ने पोसकको महत्व धेरैले बुझेनन् यसको महत्वको लागि पनि परिषद्ले पोसाक कोड नै बनाएर हामिले कर्णालीको आफ्नो छुटटै पोसाक बनाउने निर्णय ग¥यौँ,’ ‘सदस्य सचिव संज्यालले भने,’ ‘अब देखि कर्णालीका खेलाडीहरुले प्रयोग गर्ने मार्च पास पोसाक र गेम पोसाक नियमित यहि हुन्छ।’

कर्णाली प्रदेश खेलकुद विकास परिषदले केहि समय अघि सार्वजनिक सूचना आह्वान गरेर नै गेम पोसाक र मार्चपास पोसाकको डिजाइन मागेको थियो।