बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

Prachanda-Sher-Bahadur-Deuba-and-Madhav-Nepal- pic
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक जारी छ। बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन्।

बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन तथा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गर्दै आएक छन्। निर्वाचन अगाडी नेपाली कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष दिने सहमति भए पनि अहिले आएर माओवादीले अध्यक्षमा दाबी गर्दै आएको छ।