‘मायाको झल्को’ को साथमा आए मनोज र तारा (भिडियो)

pic--0000
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। गायक मनोज थापा मगर र गायिका तारा श्रीस मगरको सुमधुर स्वरमा सजिएको ‘मायाको झल्को’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द अविनास थापा मगरको रहेको छ भने संगीत गणेश गुरुङको रहेको छ।

गीतलाई स्वयम् गायक मगरले संयोजन गरेका हुन्। मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा शेखर घर्ति मगर, सुष्मा आले मगर र अस्मिता मगरको अभिनय रहेको छ। भिडियोमा बिजय लामाले छायाँकन रहेको छ।

अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई शेखर घर्ति मगरको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडियो ‘अविनास थापा मगर’ च्यानलमार्फत् सार्वजनिक भएको हो।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्