नेपाललाई क्यानडाले दियो २ सय ८६ रनको लक्ष्य

Nepal-Cricket-pic
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। क्यानडाले एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाललाई २ सय ८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको हो।

क्यानडाका लागि आरोन जोनसजले सर्वाधिक ६५ रन बनाए। ६२ बलको सामना गरेका उनले २ छक्का र १० चौका हिर्काए। यस्तै, नवनीत धालिवालले ४६ रन बनाए। ६० बल सामना गरेका उनले ८ चौका हिर्काए। यस्तै, श्रेयस मोभ्भाले ४० रन बनाए। ४२ बलको सामना गरेका नउले ४ चौका हिर्काए।

ओनरद्वय जोनसज र धालिवालबीचको ९४ रनको साझेदारीले क्यानडाले नेपालविरुद्ध चुनौतीपूर्ण स्कोर बनाउन सक्यो। क्यानडाविरुद्ध कुशल मल्ल र कप्तान रोहित पौडेलले समान २–२ विकेट लिए। यस्तै, सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १–१ विकेट लिए।