संघीय सरकारले समयमै कानून निर्माण नगर्दा प्रदेशलाई काम गर्न असजिलो भयो : मुख्यमन्त्री पाण्डे

SurendraRaj_Pandya
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारले समयमै कानून निर्माण नगर्दा प्रदेशलाई काम गर्न असजिलो भएको बताएका छन्।

शनिबारबाट पोखरामा सुरु भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।
उनले संघीयता अनुकुलका कानून निर्माणमा संघीय सरकारसँग संघर्ष गर्नुपर्ने बताए।

मुख्यमन्त्री पाण्डेले संविधानमा व्यवस्था गरेअनुसार संघीय सरकारले कानून नबनाइदिँदा आफूहरुले सरकारजस्तो भएर काम गर्नै नसकेको बताए।उनले प्रदेशले आफ्नै कर्मचारी, प्रहरी र अन्य कतिपय कामहरु गर्न पाउने व्यवस्था नभएसम्म प्रदेश सरकारले काम गर्नै नसक्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्