कटुवा पेस्तोलसहित एक जना पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज
4 Shares

सिरहा। सिरहा नगरपालिका-७ स्थितबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। औरही गाउँपालिका- ४ कमलपुरका २० वर्षीय सरोज कुमार यादवलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।

सिरहामा डेरा गरी बस्ने गाउँपालिका- ३ का २२ वर्षीय संजित कुमार यादवसँग उनको विवाद भएको थियो। विवाद चर्केपछि स्थानीयले वडा प्रहरी कार्यालय सिरहामा खबर गरेका थिए। वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सरोजलाई नियन्त्रण लिएको थियो।

त्यसक्रममा प्रहरीले तलासी गर्दा उनको साथबाट एक थान पेस्तोल फेला पारेको थियो। उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्