कांग्रेसको महासमिति बैठकका लागि भोजन व्यवस्थापन उपसमिति गठन

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेपाली कांग्रेसले महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन भोजन व्यवस्थापन उपसमिति गठन गरेको छ।

सोमबार कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाको संयोजकत्वमा भोज व्यवस्थापन उपसमिति गठन भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उपसमितिमा मेखलाल श्रेष्ठ, सुदर्शन घिमिरे, प्रगतिमान रञ्जित, निशान ढुङ्गेल, ऋषिदेव फुयाँल र सम्झना भट्टराई सदस्य रहेका छन्। आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक बस्दै छ।