पार्टीको अभियानमा नखटिनेलाई कारबाही गर्ने माओवादी केन्द्रको निर्णय

लोकपाटी न्यूज
10 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले पार्टीको ‘जनतासँग माओवादी विशेष अभियान’मा नखटिने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ। अभियानमा नखटिने कार्यक्षेत्रमा नखट्ने कार्यकर्तालाई स्पष्टीकरण सोध्ने र कारबाहीको दायरामा ल्याउने पार्टीले निर्णय गरेको छ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार शतप्रतिशत खटिने कार्यकर्तालाई प्रशंसा पत्र वितरण गरिने छ। यस्तै, ७५ देखि ८० प्रतिशतसम्म खटिने कार्यकर्तालाई धन्यवाद पत्र दिइनेछ।

यस्तै, ५० देखि ५५ प्रतिशतसम्म खटिने कार्यकर्तालाई थप परिचालित हुन निर्देशन दिइने छ। पन्ध्र प्रतिशतभन्दा कम खटिनेलाई स्पष्टीकरण लिने, निलम्बन गरिनेलगायत कारबाही प्रक्रिया अगाडि बढाउने पार्टीले निर्णय गरेको छ।

यस्तै, विशेष विधान सम्मेलन सम्पन्न भएपछि विशेष महाधिवेशनको तयारीमा जुट्ने माओवादी केन्द्रले निर्णय गरेको छ।