विश्वकप क्रिकेट लिग २ : नेपाल नामिबियासँग ४ विकेटले पराजित

Nepal_Cricket
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। आइसिसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

नेपालले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। नेपालका लागि सोमपाल कामीले ३, ललित राजवंशीले २ तथा रोहित पौडेलले एक विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो। नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाएका थिए। त्यस्तै गुलशन झाले २१, कुशल मल्लले १५, पवन सराफले १२, अनिल शाहले ८, करण केसीले १६, आसिफ सेखले ४, सोमपाल कामीले २, कप्तान रोहित पौडेलले १ रन बनाएका थिए।

नामिबियाका बलर गेर्हार्ड एरासमसले सर्वाधिक ५ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रासेलले २-२ विकेट लिएका थिए। त्यस्तै जान निकोलले एक विकेट लिएका थिए। योसँगै लिग-२ मा नामिबियाले २ महत्त्वपूर्ण अंक हासिल गरेको छ। अब यस सिरिजको अर्को खेल आगामी शनिबार नेपाल र नेदरल्याण्डसविरुद्ध हुने तालिका रहेको छ।