जनक शिक्षाले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त माग गरेको छ। नवौँदेखि पाँचौं तहसम्मका रिक्त पदमा आवेदन मागिएको छ।

प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा जनक शिक्षाले उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना नयाँ कर्मचारी माग गरेको छ। लिमिटेडमा रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।