गठबन्धनको विकल्प छैन : सभापति देउवा

Sher Bahadur Deuwa
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन्।सोमबार ललितपुरको गोदावारी सुरू भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए। सभापति देउवाले शासकीय स्वरुपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने बताए।

सभापति देउवाले नेपाली कांग्रेसको विधानलाई समय सापेक्ष बनाउन संशोधनको आवश्यकता भएको बताए। उनले पार्टीलाई थप बलियो बनाउन विधान संशोधन आवश्यक भएको उल्लेख गरे।