एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा

UML CPN
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज मंगलबार बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकमा ६ कार्यसूची तय भएको छ।

जसअनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने बताइएको छ।