जसपाको मिथिला नगर समिति पुनर्गठन

pic
लोकपाटी न्यूज
5 Shares

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालको मिथिला नगर समिति पुनर्गठन भएको छ। धनुषाको मिथिला नगरमा भएको भेलाले रामनाथ महतोको अध्यक्षता २१ सदस्यीय समिति पुनर्गठन गरिएको हो। समितिका उपाध्यक्षमा दुखनी देवी महतो, रामलाल महतो सचिवमा बच्चेलाल यादव र कोषाध्यक्षमा मनमाया तामाङ चयन भएका छन्।

कार्यक्रममा केन्द्रीय राजनीतिक समिती सदस्य महाजन यादवको प्रमुख आतिथ्यता रहेको थियो भने भेलामा राजनितीक समिति सदस्य उर्मिला साह, केन्द्रीय सदस्य प्रमिला सिंहलगायतको उपस्थिती रहेको थियो।