नामिबियाले नेदरल्याण्ड्सलाई दियो २ सय ४ रनको लक्ष्य

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। आइसिसी विश्व लिग क्रिकेट-२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रनमा समेटियो।

नामिबियाका लागि ज्यान निकोल लोफ्टी-इटनले सर्वाधिक ४९ रन बनाए। उनले ४३ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा ४९ रन बनाएका हुन्। त्यस्तै मलान क्रुगरले ३९ रन जोडे। ज्यान फ्राइलिंकले ३४, रुबेन ट्रम्पप्लेमानले २३ र जान ग्रिनले २२ रन बनाए। कप्तान जेर्हार्ड इरासमले १२ रन बनाउँदा माइकल भ्यान लिङ्गेन १० रन जोडे।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले सर्वाधिक तीन विकेट लिए। त्यस्तै आर्यन दत्त र रुलफ भ्यान डर मर्वाले समान समान दुई/दुई विकेट लिए भने शारिज अहमद र बास डे लिडाले समान एक/एक विकेट लिए।