अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो

Foreign_Baideshik
प्रतिकात्मक तस्बिर
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ।

अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।

‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौं फिर्ता पठाएको छ,’ उनले भने, ‘हिजो उनीहरू आफन्त कहाँ गएर बसेका थिए। आज उनीहरूलाई हामीले सम्पर्कमा बोलाएका छौं। उनीहरू के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्