संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ५ दिन भित्र सदनमा प्रस्तुत हुन्छ : प्रधानमन्त्री

prachanda
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरै टुंग्याएपछि जनयुद्ध दिवस पुनः मनाइने र बिदा दिइने दाबी गरेका छन्।

शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अबको ५ दिनमा सदनमा प्रस्तुत हुने दाबी समेत गरे।

अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर विधेयक संसदमा पेश हुने उनले बताए। यो विधेयक सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने उनले बताए। संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको प्रचण्डले बताए।