खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छ : मन्त्री यादव

mahendra-ray-yadav
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। खानेपानीमन्त्री महिन्द्रराय यादवले तराई-मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त समस्या समाधानका निम्ति वन मन्त्रालय र ऊर्जा मन्त्रालयसँग पनि छलफल गरिएको बताए।

मन्त्री यादवले दीर्घकालीनरुपमा समस्या समाधानका लागि तराई-मधेसमा रहेका अधुरा खानेपानी ट्यांक निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको बताए।

‘मधेस-प्रदेशमा हाल देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एक मात्र विकल्प प्राकृतिक पुनर्भरणका रुपमा रहेको चुरे क्षेत्र हो। चुरे संरक्षण नै यसको दिगो समाधान हो,’ उनले भने।