जलजला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई तालिम

jaljala gaupalika
लोकपाटी न्यूज
8 Shares

पर्वत। पर्वतको जलजला गाउँपालिकामा  जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास तालिम शनिवारदेखि सुरु भएको छ।  स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा जलजला गाउँपालिकाले वडासदस्यदेखी गाउँपालिकाका अध्यक्षसम्म तथा कार्यालय सहयोगीदेखी प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय सरकार सञ्चालनका प्रचलित कानुन, विधि, सिद्धान्त तथा जनमैत्री आचरणसम्मका विषयमा प्रशिक्षण दिएको हो।

सोमबार सम्पन्न हुने तालिमको शनिवार जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विश्वकर्माले उद्घाटन गरेका थिए। कार्यक्रममा ८५ जनाको सहभागिता रहेको छ।

तालिममा सहभागीहरूलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठ, उपनिर्देशक हरिकृष्ण कोइराला, स्रोत व्यक्ति विश्व रमण न्यौपाने, व्यवस्थापक अधिकृत योगमाया सापकोटासमेतले विभिन्न २५ वटा विषयमा सहजीकरण गर्ने जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र आचार्यले बताए।

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जलजला गाउँपालिकाको कामलाई चुस्त, दक्ष र जनमैत्री बनाउन जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिएको बताए। विज्ञहरूले एकै ठाउँमा कानुनबारे छलफल गर्दा भोलिको व्यवहारमा कार्यान्वयन गर्न सजिलो हुने भन्ने सोचका साथ प्रशिक्षण चलिरहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्