विवाह गर्दै अभिनेत्री तापसी पन्नू

लोकपाटी न्यूज
7 Shares

एजेन्सी। बलिउड अभिनेत्री तापसी पन्नू विवाह गर्दैछिन्। भारतीय मिडिया रिपोर्टका अनुसार अभिनेत्री तापसीले आफ्नो प्रेमी मथियास बोसँग छिट्टै विवाह गर्न लागेकी हुन्। एनडिटिभीका अनुसार तापसी र मथियासले मार्चको अन्त्यमा विवाह गर्न लागेका हुन्।

तापसी पन्नु भारतीय ब्याडमिन्टन टोलीका प्रशिक्षक मथियाससँग विगत १० वर्षदेखि सम्बन्धमा छन्। अब नायिका आफ्नो लामो समयदेखिका प्रेमीसँग विवाह बन्धनमा बाँधिँदै छन्। यद्यपि यो जोडीले आफ्नो बिहेको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन्।

तापसीले भर्खरै खुसी व्यक्त गर्दै आफ्नो सम्बन्धको बारेमा जानकारी दिएकी थिइन्। राज शामानीसँगको कुराकानीमा तापसीले सन् २०१३ मा फिल्म ‘चश्मे बद्दूर’ बाट डेब्यु गर्दा मथियाससँग भेट भएको खुलासा गरेकी थिइन्। आफ्नो प्रतिबद्धताको पुष्टि गर्दै तापसीले भनिन्, ‘म त्यस बेलादेखि नै एउटै व्यक्तिसँग छु र उहाँलाई छोड्ने वा अरूसँग बस्ने कुनै सोच छैन किनभने म यो सम्बन्धमा निकै खुसी छु।’

तापसीको पछिल्लो समय रिलिज भएको फिल्म शाहरुख खान स्टारर ‘डिन्की’ थियो। फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो। तापसी अब कमेडी ड्रामा फिल्म ‘वो लडकी है कहाँ’ मा अरशद सैयदको ​​लेखन तथा निर्देशनमा देखिने छिन्। यस फिल्ममा उनले प्रतीक बब्बर र प्रतीक गान्धीसँग स्क्रिन सेयर गर्दैछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्