नेपालद्वारा नामिबिया ३ रनले पराजित

Nepal-Cricket-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको हो।जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो ।