सत्ता गठबन्धन भत्कियो, आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

prachanda-oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सत्ता गठबन्धन भत्किएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो।

आइतबार रातिसम्म चलेको नेपाली कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको थियो। सानो आकारको मन्त्रिमण्डल गठन गर्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच छलफल हुँदैछ। स्रोतका अनुसार विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्।