गीतकार तथा उपन्यासकार डा. डीआरको ‘गासेर प्रिति’ गीत सार्वजनिक (भिडियो)

dr-DR
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक भएको छ। सागर अधिकारी ‘शरद’ र अनु चौधरीको स्वर, सागरकै संगीत, राजु कार्कीको एरेञ्ज र कुमार केसीको मिक्सिङरमाष्टरिङ रहेको सबैभन्दा कम लागतमा निर्माण भएको गीतको भिडियो सार्वजनिक भएको हो।

शुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा राजन अधिकारी र रश्मी श्रेष्ठलाई फिचरिङ गरिएको छ। विनोद लामाको छायांकन रहेको भिडियोमा हिम्मत चैसिरको सम्पादन छ। यो सम्भवतः विश्वको सस्तो म्युजिक भिडियो रहेको डा.उपाध्यायले जानकारी दिए।

डा.उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गरेका छन्। यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन्। दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्