सशस्त्रका डीएसपी बस्याल मृत अवस्थामा भेटिए

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
0 Shares

विराटनगर। मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

पाल्पा स्थायी घर भइ सशस्त्रमा कार्यरत ३८ उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेका हुन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहेका डीएसपी बस्याललाई अघि मृत फेला पारिएको हो।

उनको मृत्युको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ। अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्