काँग्रेस कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे

लोकपाटी न्यूज
0 Shares

पाटन। नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे बस्ने भएको छ। पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। सत्ता गठबन्धन परिवर्तन भएसँगै काँग्रेस सरकारबाट बाहिरिएको छ। सत्ता बहिर्गमनसँगै विकसित पछिल्लो घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको उनले जानकारी गराए।