माओवादी केन्द्रद्वारा गण्डकी सरकारको समर्थन फिर्ता

SurendraRaj_Pandya
लोकपाटी न्यूज
0 Shares

पोखरा। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

यसअघि नै मुख्यमन्त्री पाण्डेले माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए। सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार विकासमन्त्री रेशम जुग्जालीलाई बर्खास्त गरेका हुन्।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन्। नेकपा एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन्। राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्