माओवादी केन्द्रले टुङ्ग्यायो पाँच मन्त्रीको नाम

Prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)  ले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याएको छ। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन्। त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन्।

माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ। त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन्।