नवनियुक्त मन्त्रीको शपथ आज साँझ ५ बजे

sital_nibas
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नवनियुक्त मन्त्रीको शपथ आज साँझ ५ बजे हुने भएको छ। मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार लिखित पत्र भने पठाउने क्रममा रहेको छ। प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेर दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि शपथ ग्रहण हुन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्