सुनको मूल्यले बनायो अर्को रेकर्ड, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले आज फेरि अर्को रेकर्ड बनाएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले बढेर पहेलो धातु महँगिएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ।

हिजो तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ९ सय थियो। त्यस्तै आज चाँदीको मूल्य हिजोको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ७० रुपैयाँ तोकिएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्