वडाध्यक्ष हिरालाल महर्जनको निधन

Hiralal-maharjan
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। कीर्तिपुर नगरपालिका- १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको बताए।

क्यान्सर रोगबाट पीडित महर्जनको बुधबार कीर्तिपुर–१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो। महर्जनलाई हिजो नै अस्पतालबाट घर लगिएको थियो। ६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर– १ को अध्यक्षमा निर्वाचित भएका थिए।