सुनको मूल्य अहिलेसम्मकै महंगो : तोलाको एक लाख २६ हजार

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २६ हजार तोकिएको छ अघिल्लो दिन प्रतितोला रु एक लाख २५ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजारले बढेर नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार चार सय तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २४ हजार चार सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार चार सय ७५ रुपियाँ रहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्