राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक बनस्थलीमा

ganti-meeting
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। केन्द्रीय कमिटीको बैठक आज मध्याह्न साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो।

महामन्त्री मुकुल ढकालका अनुसार उपनिर्वाचनका लागि दल दर्ता र इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीका लागि रास्वपाको केन्द्रीय कमिटीको बैठक बोलाइएको हो।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको छ।