नेकपा एसको संसदीय दलको बैठक सिंहदरबारमा

Samajbadi_Nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायत विषयमा छलफल हुनेछ। यस्तै बैठकमा फेरिएको नयाँ सत्ता समीकरणका बारेमा समेत छलफल हुनेछ।