कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ।

बैठकमा वर्तमान तथा पूर्व पदाधिकारीहरुलाई बोलाइएको छ। आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको रुपमा सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ।

सत्ताबाट बाहिरिएपछि कांग्रेस सभापति देउवाले पार्टीभित्र र सरकारमा नगएका दलहरुबीचको छलफललाई तिव्रता दिँदै आएका छन्।