नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ : रञ्जिता श्रेष्ठ

Ranjita_Shresth
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिने बताएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेका विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उनले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइन्।

अध्यक्ष श्रेष्ठले चार सिटको साना राजनीतिक दलहरुले पनि विश्वासको मत दिन लागेको जानकारी गराउँदै उदीयमान साना दलहरुको मतको उचित प्रयोग गर्न सुझाव समेत दिइन्। उनले साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा भएको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्