त्रिकोणात्मक टी-२०सिरिजमा नेपाल ८६ रनले पराजित

cricket
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित भएको छ। उपाधि जित्नका लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अलआउट हुँदा ८५ रन मात्र बनाउन सक्यो।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो।

नेपालका सन्दीप जोराले १७, आरिफ सेखले १५ र कप्तान रोहीत पौडेलले १२ रन बनाए । विनोद भण्डारी ४ रनमा आउट हुँदा कुशल भुर्तेल ५ रनमा आउट भए।

टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो। पपुवा न्युगिनीका टोनी यूराले ६१ रन बनाए। नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३/३ विकेट लिए। करण केसी र गुलशन झाले एकरएक विकेट लिए ।